
ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स सर्भिसलाई अझ सशक्त बनाउने उद्देश्यले एमएडब्लू वृद्धिले बालकुमारी र वसुन्धरामा दुई वटा अत्याधुनिक, विद्युतीय सवारी साधन (ईभी)मा केन्द्रित सर्भिस सेन्टर सञ्चालन गर्ने भएको छ ।
शहरका प्रमुख स्थानमा स्थापना हुने यी सर्भिस सेन्टरले एमएडब्लूका ग्राहकलाई अझै सहज, छिटो र विशेषज्ञ स्तरको सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य छ ।
यी फ्यासिलिटीहरू डीपल, डोंगफेंग र सेरेस ब्रान्डका विद्युतीय सवारी साधनहरूका लागि मात्र समर्पित हुनेछन् । सर्भिस सेन्टरमा २५ वटा विशेष सर्भिस बेहरू रहनेछन् । जसले धेरै संख्याका गाडीहरूलाई एकैपटक सजिलो, सूक्ष्म र दक्ष रूपमा मर्मत गर्न सक्ने क्षमता राख्नेछन् ।
एक्स्पर्ट केयरका लागि यी नयाँ केन्द्रहरू एमएडब्लूका दोस्रो र तेस्रो ईभी डेडीकेटेड सर्भिस वर्कसप हुनेछन् । यस विस्तारसँगै एमएडब्लू वृद्धिको ईभी सर्भिस सेन्टरको संख्या तीन पुग्नेछ।
आफ्टर सेल्स सर्भिस र ग्राहकको विश्वासमा निरन्तर ध्यान दिँदै आएको एमएडब्लू वृद्धिले यसका माध्यमबाट ग्राहक सन्तुष्टि र दीर्घकालीन सेवासम्बन्धी प्रतिबद्धतालाई अझ मजबुत बनाउने प्रयास गरिरहेको छ ।
यी नयाँ सर्भिस सेन्टरहरू आगामी ३ देखि ५ महिनाभित्र पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ । जसले नेपालको ईभी सेवा क्षेत्रमा नयाँ बेन्चमार्क स्थापित गर्ने कम्पनीले जनाएको छ ।