२४ जेठ २०८३, आइतबार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

असार २०, २०८२
काठमाडौं
कलाकार लक्ष्मी श्रेष्ठको निधन

कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । हास्य सिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिकाबाट दर्शकमाझ चिनिएकी उनको शुक्रबार राति निधन भएको हो । 

स्तन क्यान्सरबाट पीडित लक्ष्मीलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो।

 पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो। त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै रहेकोमा शुक्रबार निधन भएको 

कलाकार सुशीला निरौलाले जानकारी दिइन् । 

salt training

कमेन्ट गर्नुहोस्