
काठमाडौं, २३ मंसिर— मोरङमा कांग्रेसलाई झड्का लगाएको छ । राष्ट्रवादी छबि बनाएरका एमाले उम्मेदवार लालबाबु पण्डितले मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ मा कांग्रेस उम्मेदवार शेखर कोइरालालाई हराएका छन् ।
योसँगै मोरङमा कोइराला परिवारको रासत ढलेको छ । कांग्रेसको ऐतिहासिक क्षेत्र समेत मानिने मोरङमा यस नतिजाले उसलाई ठूलो झड्का लागेको छ ।
शनिबार बिहान सम्पन्न मतगणनाअनुसार लालबाबुले ६७५ मतान्तरको शेखरलाई हराएका हुन् ।
लालबाबुले ३३९४१ मत ल्याउँदा शेखरले ३३२६६ मत पाए ।
पण्डित सामान्य प्रशासन मन्त्री हुँदा पीआरधारी र भ्रष्टलाई नछाड्ने अडानका कारण लोकप्रिय भएका थिए ।