२८ जेठ २०८३, बिहीबार

गुरु पूर्णिमा

असार २६, २०८२
काठमाडौं
गुरु पूर्णिमा

शिक्षक, गुरु, मार्गदर्शक, सबमा समर्पित ।

ज्ञान, विद्या बाँड्नमा, सदा जो अनुबन्धित ।

गुरु बिनाको ज्ञान, मानिन्छ अधुरो लोकमा।

समर्पण र त्यागले मात्र गुरु कहलिन्छ जगतम।

महिमा गुरुको छ, सबै लोकमा चर्चित ।

शिष्य बिग्रनु सप्रनु यावत, गुरुमै आश्रित ।

विद्यालय, पाठशाला सबैमा मनाइन्छ हर्षले ।

पूर्णिमाको महत्व नै, गुरुजनको कठोर त्यागले ।

त्यागबिना गुरु बन्छु, सोच हो मूर्खको ।

ज्ञान सदा अद्यावधिक, पेशा धर्म गुरुको ।

सिक्नु, सिकाउनु गुरुमा, छ गुण निरन्तर ।

गुरु पूज्य छ लोकमा, कर्तव्यनिष्ठ बराबर ।

मानवमा लोभ स्वार्थ छ र पनि गुरुमा हुँदैन।

पैसा र सम्मानको भोकले, गुरु कर्म चल्दैन ।

गुरु मानौं पुजौं सबले, लियौ ज्ञान तनमनले ।

गुरु बनौं, त्यागी रहौं, पवित्र सोच भावले ।

कमाउन रमाउन, गुरुलाई पनि मन हुँदो हो ।

निश्चित कमाइ, अनिश्चित खर्च कति मन रुँदो हो ।

पूर्णिमालाई सच्चा दिलले, मनाउनु धर्म हो ।

मर्म बुझ्ने शिष्य पाउनु, गुरुको अहोभाग्य हो ।

देश बिग्रियो, सन्तान कुबाटोमा, सबै दोष गुरुको

मातापिता नियालौं सदा, गतिविधि सन्तानको ।

कोटी–कोटी प्रणाम छ,  सबैजना सम्मानित गुरुमा

आर्शीवाद शुभकामना, मेरो सब प्रिय शिष्यमा ।

salt training

कमेन्ट गर्नुहोस्