२९ असार २०८३, सोमबार

दुई समितिको कुरा बाझिँदा आईपीओ स्वीकृतिमा अन्योलता भयो- अध्यक्ष श्रेष्ठ

असार २६, २०८२
काठमाडौं
दुई समितिको कुरा बाझिँदा आईपीओ स्वीकृतिमा अन्योलता भयो- अध्यक्ष श्रेष्ठ

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले  सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आफूहरू  अन्योलमा परेको बताएका छन् । 

बिहीबार संघीय संसद्को अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले सार्वजनिक लेखा र अर्थ समितिको दुईथरी निर्देशनले आईपीओ स्वीकृतिमा अन्योलता भएको बताएका हुन् । 

‘९० भन्दा मुनि नेटवर्थ हुने कम्पनीलाई आईपीओ जारी नगर्न लेखा समितिले निर्देशन दिएको थियो । अर्थ समितिले ठीक विपरीत ९० नेटवर्थ भन्दा मुनि हुने कम्पनीलाई आईपीओ जारी गर्न निर्देशन दियो । यसरी दुई वटा समितिको कुरा बाझिँदा अन्योल भयो’, उनले भने,  ‘दुई वटा समितिको निर्देशन यसरी आउँदा कसरी अगाडि बढ्ने ?   अन्योलता सिर्जना भएको छ ।’

नयाँ स्टकका लागि परेका आवेदनलाई ‘नम्बरिङ’ गर्न मात्र बाँकी रहेको र बोर्ड नयाँ स्टक ल्याउने प्रक्रियामा निरन्तर लागिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्