३१ जेठ २०८३, आइतबार

विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक !

असार २६, २०८२
काठमाडौं
विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ ।

अध्यागमन कार्यालयको वेबसाइट केहीबेर ह्याकरको नियन्त्रणमा रहे पनि अहिले रिकभर भइसकेको छ । 

ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेको थियो । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले ह्याकरले विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट केहीबेर नियन्त्रणमा लिए पनि अहिले रिकभर भइसकेको लोकान्तरलाई बताए । 

उनले भने,‘अध्यागमन कार्यालयको नेपाली पोर्टको नभएर कार्यालयतर्फको वेबसाइट पाँच मिनेटजति ह्याक भएको थियो, अहिले रिकभर भइसकेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्