
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल र विराट नर्सिङ होममा विशेष छुट पाइने भएका छन् ।
एनआईएमबीले शिक्षण अस्पताल र विराट नर्सिङ होमसँग स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने गरी छुट्टाछुट्टै सम्झौता गरेको हो ।
सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकले विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सामान्य ओपीडी परामर्शमा ५० प्रतिशत, सामान्य ल्याब रूटिन, एक्स–रे, यूएसजी/ईसीजी, सिटी स्क्यान /एमआरआई, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत र विशेष परीक्षण, ल्याब अपरेसन थिएटर तथा आईसीयू/एनआईसीयू/पिआईसीयूमा ५ प्रतिशत छुट पाउनेछन् ।
यस्तै, विराट नर्सिङ होममा सामान्य ओपीडी परामर्श, एक्स–रे, यूएसजी/ईसीजी, खुला अपरेसन थिएटर तथा सामान्य बेड सेवामा १० प्रतिशत, विशेष परीक्षण, ल्याब अपरेसन थिएटर, आईसीयू/एनआईसीयू/पीआईसीयू, भेन्टिलेटर सेवा, क्याबिन तथा अस्पताल फार्मेसी सेवामा ५ प्रतिशत र सिटी स्क्यान/एमआरआईमा ७५० सम्म छुट पाउनेछन् ।
यस विशेष छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।
बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर काठमाडौं उपत्यकालगायत देशका विभिन्न अस्पतालहरूसँगको सहकार्यमा छुटको व्यवस्था गर्दै आएको छ ।