२५ जेठ २०८३, सोमबार

अधुरा विकास योजना सम्पन्न गर्ने कार्य सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

असार २९, २०८२
काठमाडौं
अधुरा विकास योजना सम्पन्न गर्ने कार्य सरकारको प्राथमिकतामा : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस-एमालेको समीकरणमा सरकार बनेपछि अधुरा विकास योजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत आइतबार उनले सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य एक वर्षमा ४३ प्रतिशतले अगाडि बढेको जानकारी दिँदै यस्तो बताएका हुन् ।​

उनले योजनाको यो प्रगति सकारात्मक रहेको उल्लेख गर्दै भनेका छन्, ‘हामीले सरकारमा आएपछि भनेका थियौं- हाम्रो मुख्य जोड थालेका काम सक्ने हो, सिद्धबाबा सुरुङमार्गको काम एक वर्षयता ४३ प्रतिशतले प्रगति भएको छ ।'

एमालेको नेतृत्वमा रहेको सरकारले शुरू गरेका धेरै योजना विभिन्न कारणले अलपत्र परेको अवस्थामा ती योजनालाई पुनः गति दिन आफू लागि परेको उनले बताउँदै आएका छन् । पूर्वाधार विकास स्थायित्व, निरन्तरता र प्रभावकारी कार्यान्वयनविना सम्भव नहुने उनको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्