१५ असार २०८३, सोमबार

त्रिवि क्रिकेट मैदानमा चार हजार कुर्सी जडान, दैनिक दुई लाख हर्जना तिरेर यसरी हुँदैछ काम [तस्वीरहरू]

साउन १, २०८२
काठमाडौं
त्रिवि क्रिकेट मैदानमा चार हजार कुर्सी जडान, दैनिक दुई लाख हर्जना तिरेर यसरी हुँदैछ काम [तस्वीरहरू]

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नतिगरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम भइरहेको छ ।

समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ । सम्झौताअनुसार कम्पनीले आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिरेर काम गरिरहेको छ । कम्पनीले दैनिक दुई लाखभन्दा बढी क्षतिपूर्तिबापत रकम दिनुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेभीले गत फागुन १९ र २२ गते मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।

null

प्यारापिट बनाउन ४९ करोड २५ लाख र फ्लड लाइट जडानका लागि ४७ करोड ३७ लाखमा सम्झौता भएको थियो ।

यही असार ३० गते ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जना लाग्ने जानकारी गराइएको थियो। मंगलबारदेखि दैनिक हर्जना तिरेर काम भइरहेको छ।

null

यसरी हर्जना तिरेर बढीमा २०० दिनसम्म अर्थात् आयोजनाको कूल रकमको १० प्रतिशत हर्जना हुने अवधिसम्म काम गर्न पाइने कानूनी व्यवस्था छ । सो अवधिमा पनि काम नसके कालोसूचीमा राख्ने व्यवस्था छ ।

null

निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिवद्धता जनाएको कार्यालयले जनाएको छ। अहिले चार हजार कुर्सी जडान भइसकेका छन् भने छ वटा फ्लड लाइटमध्ये तीन वटा पोल आएको छ । 

null

प्यारापिटतर्फ वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७७ प्रतिशत भएको छ । फ्लड लाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति भएको छ।

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्