०७ साउन २०८३, बिहीबार

वाल स्ट्रिट जर्नलविरुद्ध ट्रम्पको मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग

साउन ३, २०८२
काठमाडौं
वाल स्ट्रिट जर्नलविरुद्ध ट्रम्पको मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नल र यसका मालिकविरुद्ध नक्कली समाचार फैलाएको आरोप लगाउँदै ठूलो मानहानि मुद्दा दायर गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल'मा यो जानकारी साझा गर्दै ट्रम्पले भनेका छन् कि 'यो मुद्दा केवल उनको प्रतिष्ठा जोगाउन मात्र होइन, तर नक्कली समाचार मिडियाको दुरुपयोग अब सहन नगर्ने सबै अमेरिकीहरूको लागि हो।'

ट्रम्पका अनुसार, यो ऐतिहासिक मुद्दा वाल स्ट्रिट जर्नलका लेखकहरू साथै यसका कर्पोरेट मालिकहरू र सहयोगीहरूविरुद्ध दायर गरिएको छ। 

वाल स्ट्रिट जर्नलले नक्कली, दुर्भावनापूर्ण र अपमानजनक लेख प्रकाशित गरेको ट्रम्पको दाबी छ । उक्त लेख उनको छविलाई हानि पुर्‍याउन मात्र होइन, अमेरिकाका जनतालाई भ्रमित गर्ने प्रयास पनि थियो ।

उनले पत्रिकाको रिपोर्टको लागि कम्तिमा १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्