२५ जेठ २०८३, सोमबार

संघीय निजामती विधेयकमा एमाले सांसदको संशोधनप्रति शेखर कोइरालाको आपत्ति

साउन ४, २०८२
काठमाडौं
संघीय निजामती विधेयकमा एमाले सांसदको संशोधनप्रति शेखर कोइरालाको आपत्ति

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संघीय निजामती विधेयकमा नेकपा एमालेका सांसदहरूद्वारा हालिएको संशोधनप्रति आपत्ति जनाएका छन् ।

उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत एमालेले दोहोरो चरित्र देखाएको बताएका हुन् । ‘गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सम्मतिविपरीत आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाउनु एमालेको दोहोरो चरित्र मात्र नभई उसले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो,’ कोइरालाले एक्समा आपत्ति जनाउँदै लेखेका छन् ।

साथै त्यस विषयमा नेपाली कांग्रेसले एमालेको आधिकारिक धारणा माग गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्नुपर्छ । साथै सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न । कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ । कोही दुविधामा नपरे हुन्छ,’ कोइरालाले थप लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्