२८ जेठ २०८३, बिहीबार

सागरको बीचमा संसारकै सानो देश : जसको आफ्नै मुद्रा, संविधान र शाही परिवार पनि छ

साउन ५, २०८२
काठमाडौं
सागरको बीचमा संसारकै सानो देश : जसको आफ्नै मुद्रा, संविधान र शाही परिवार पनि छ

के तपाईंले कहिल्यै यस्तो देशको बारेमा सुन्नुभएको छ जुन २ वटा टेनिस कोर्ट जत्रो मात्रै ? यसको आफ्नै मुद्रा, हुलाक टिकट, संविधान र आफ्नै 'शाही परिवार' पनि छ।

यो देश सिल्याण्ड हो, जुन इङ्गल्याण्डबाट लगभग ११ किलोमिटर टाढा उत्तरी सागरमा अवस्थित छ।दोस्रो विश्वयुद्धको समयमा, बेलायतले जर्मन आक्रमणबाट लन्डनलाई जोगाउन समुद्री किल्ला बनाएको थियो।

यो २ वटा कंक्रीट स्तम्भहरूमा बनेको प्लेटफर्म हो । त्यस समयमा यसलाई 'महाराजको रफ्स टावर' भनिन्थ्यो । दोस्रो विश्वयुद्ध समाप्त भएपछि, यसलाई त्यागिएको थियो।

ब्रिटिश सेनामा मेजर रहेका रोय बेट्सले १९६७ मा यसलाई कब्जा गरे र यसलाई स्वतन्त्र देश घोषणा गरे । यसलाई सिल्याण्ड नाम दिए... उनले आफूलाई देशको राजकुमार र उनकी श्रीमती जोन द प्रिन्सेस घोषणा गरे ।

सिल्याण्ड सात तल्ले टावर हो। यो देशमा प्रवेश गर्ने बाटो पनि धेरै अनौठो छ। समुद्र सतहबाट ६० फिटमाथि क्रेनबाट झुल्दैभित्र जानुपर्छ। यहाँका एक मात्र स्थायी बासिन्दा माइक ब्यारिङ्टन हुन् ।

सिल्याण्डको झण्डा अब फुटबल हेल्मेटमा पनि देखिन्छ, किनकि यसको आफ्नै पुरुष र महिला फुटबल टोलीहरू छन्, 'सिल्याण्ड सिहक्स'। तिनीहरू बेलायत, युरोप र अमेरिकाका टोलीहरूविरुद्ध खेल्छन् । 

शाही परिवारको हालको स्थिति राजकुमार रोय र राजकुमारी जोन अब यस संसारमा छैनन् । परिवारका बाँकी सदस्यहरू इङ्गल्याण्डमा बस्छन् र आफ्नै छुट्टै व्यवसाय चलाउँछन् । तिनीहरूका छोरा माइकल अब सिल्याण्डका राजकुमार हुन् र उनकी चिनियाँ पत्नी माई शी नयाँ राजकुमारी हुन्।
 

salt training

कमेन्ट गर्नुहोस्