२२ असार २०८३, सोमबार

एनआईसी एसिया बैंक २८औं वर्षमा प्रवेश

साउन ५, २०८२
काठमाडौं
एनआईसी एसिया बैंक २८औं वर्षमा प्रवेश

एनआईसी एसिया बैंक २८औं वर्षमा प्रवेश गरेको छ ।​

२८ वर्षअघि आजकै दिन शुरू भएको एनआईसी एसिया अहिले देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

'बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि' बन्न अतुलनीय योगदान दिने ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारीलगायतलाई उनले धन्यवाद दिए । 

'आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं, त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ । साथै, आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं,' अनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​​

बैंकले ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालबाट सेवा प्रदान  गरिरहेको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै डिजिटल भुक्तानीलाई अझ सशक्त बनाउँदै बैंक अगाडि बढेको छ । 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी निर्वाध रूपमा बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्