२७ जेठ २०८३, बुधबार
घुस डिल प्रकरण

बयान दिन अख्तियार पुगिन् घुस प्रकरणमा मुछिएकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठ

साउन ७, २०८२
काठमाडौं
बयान दिन अख्तियार पुगिन् घुस प्रकरणमा मुछिएकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठ
पाइल तस्वीर

घुस प्रकरणमा मुछिएकी पूर्वभूमि व्यवस्था मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अख्तियारमा पुगेकी छिन् ।

अख्तियार उच्च स्रोतका अनुसार श्रेष्ठ आज बिहान १० बजे अख्तियारमा हाजिर भएकी हुन् । 

कास्कीको भूमि आयोग अध्यक्ष र मालपोत प्रमुख सरुवामा ७८ लाख घुस डिल भएकोमा उनीसमेत संलग्न रहेको देखिएपछि अख्तियारले बोलाएको थियो । 

अहिले श्रेष्ठसँग सोधपुछ चलिरहेको अख्तियार उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो । 

सोही प्रकरणमा मुछिएका निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि भ्वाइस टेस्ट गर्न अख्तियार पुगेका थिए । 

घुस प्रकरणमा मुछिएपछि गुप्ताले पदबाट राजीनामा दिएका थिए । श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए ।

मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख डिल गरेको अडियो सार्वजनिक भएको थियो ।

जसमा अर्का मन्त्री बलराम अधिकारी पनि मुछिएका छन् । उनले भने राजीनामा दिएका छैनन् । 

 

salt training

कमेन्ट गर्नुहोस्