३० जेठ २०८३, शनिबार

नयाँ नेपाली क्यालेन्डर वेब एप सार्वजनिक

साउन ८, २०८२
काठमाडौं
नयाँ नेपाली क्यालेन्डर वेब एप सार्वजनिक

लोड हुन धेरै समय लाग्ने र अनावश्यक कुराहरूले धेरै ठाउँ लिने समस्यालाई समाधान गर्ने दाबीसहित नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेण्डर (Nepcalendar) सञ्चालनमा आएको छ ।

यो एप मोबाइलमा छिटो लोड हुने र अहिलेसम्म बजारमा आएका क्यालेण्डर एपको तुलनामा बढी प्रयोगकर्ता मैत्री रहेको बताइएको छ । साथै, यसमा अत्यावश्यक कुरा मात्र समावेश गरेकाले यो सफा देखिनुका साथै प्रयोग गर्न सजिलो रहेको दाबी गरिएको छ ।

नेपालजस्तो भौगोलिक असमानता भएको ठाउँमा मोबाइल डाटाको बचत गरी प्रयोगकर्तालाई फाइदा पुर्याउने यसका सञ्चालकहरूले बताएका छन् ।

'हाम्रो खोज र परीक्षणलाई आधार मान्दा अन्य क्यालेन्डर साइटहरूभन्दा Nepcalendar छ गुणा छिटो रहेको हामीले पाएका छौँ । फाइल साइज त झन् आठ गुणा सानो छ, जसले फोनको डाटा निकै बचत गर्छ । हामीले यो वेबसाइट विशेषगरी मोबाइल फोन प्रयोगकर्तालाई ध्यानमा राखेर बनाएका हौँ,' एपका निर्माता प्रकाश तिमल्सिनाले भने ।

यो नेपाली र विदेशी दुवैको सजिलोका लागि नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध रहेको तिमिल्सिनाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्