०४ साउन २०८३, सोमबार

स्याङ्जामा विवाद मिलेपछि निशेधाज्ञा हटाउने तयारी

मंसिर २३, २०७४
स्याङ्जामा विवाद मिलेपछि निशेधाज्ञा हटाउने तयारी

स्याङ्जा, २३ मंसिर - वाम र लोकतान्त्रिक गठबन्धनबीच भएको विवादपछि स्याङ्जामा स्थगित भएको मतगणना आइतबारबाट शुरु हुने भएको छ ।

भोलि बिहान ११ बजेबाट गणना हुनेगरी विवाद मिलेको मुख्य निर्वाचन अधिकृत रमेशकान्त अधिकारीले बताए ।

वाम गठबन्धनले कांग्रेसले चार वटा बुथ कब्जा गरेको आरोप लगाउँदै पुनः मतदानको माग गरेको थियो । पछि कांग्रेसका कार्यकर्ताले पनि एमालेले बुथ कब्जा गरेको आरोप लगाएका थिए ।

प्रशासनले निशेधाज्ञा लगाएको उक्त क्षेत्रमा अहिले भने विवाद मिलिसकेकाले हटाउने पहल भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्