
धनुषा, २४ मंसिर – धनुषाको क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।
अन्तिम मतगणनामा ३० हजार ७ सय ४२ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिले २७ हजार ८ सय २८ मत ल्याए ।