११ साउन २०८३, सोमबार

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको 'सर्वश्रेष्ठ वितरक'को उपाधि

साउन १०, २०८२
काठमाडौं
बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको 'सर्वश्रेष्ठ वितरक'को उपाधि

बतास एमएडब्ल्यू  कमर्सियल भेहिकलले (BMCV) 'सर्वश्रेष्ठ वितरक–दक्षिण एसिया' पुरस्कारबाट सम्मानित भएको छ ।

१६ जुलाईदेखि २० जुलाई २०२५ सम्म मलेसियामा भोल्भो आइसर कमर्सियल भेहिकल (VECV)द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन  २०२५ मा प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको जानकारी कम्पनीले दिएको छ ।​
भोल्भो आइसर कमर्सियल भेहिकलका सबै अन्तर्राष्ट्रिय वितरकहरूको उपस्थितिमा भोल्भोका प्रबन्ध निर्देशक तथा सीईओ विनोद अग्रवालले उक्त पुरस्कार हेमन्त पुराणिक (VP - MAW Enterprises) र शान्ता राजबतास (MD – BATAS MAW Commercial Vehicles) लाई प्रदान गरेका थिए ।​

दक्षिण एसिया भीइसीभीको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु बीएमसीभीको लागि एउटा ऐतिहासिक उपलब्धि भएको बीएमसीभीले जनाएको छ ।

बिक्री तथा बिक्रीपछिको सेवा वृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरुको गहन मूल्याङ्कनको आधारमा भीइसीभीका १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो ।​

बीएमसीभीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बीएमसीभी नेपालमा भोल्भो आइसर कमर्सियल भेहिकलको बिक्री, वितरण र बिक्रीपछिको सेवाको लागि जिम्मेवार छ । विगत एक वर्षमा बीएमसीभीको प्रदर्शन दोब्बर भएको छ । जसले यसलाई नेपालमा सबैभन्दा छिटो बढ्दो व्यावसायिक सवारी वितरकको रूपमा स्थान दिएको छ । भोल्भो आइसर कमर्सियल भेहिकलले नेपालमा सफलता पूर्वक बलियो उपस्थिति स्थापित गरेको छ । तिनीहरूका साना, मध्यम र भारी सवारी साधनहरू नेपालको भूभागमा राम्रोसँग उपयुक्त छन् ।’

भीइसीभीले हालै सुरु गरेको प्रिमियम लक्जरी कोच म्याजेस्टिक नेपालमा तीव्र बिक्री हुने प्रिमियम कोच बनेको छ र देशभर उत्साहका साथ यसलाई अँगालिएको छ ।

भविष्यलाई हेर्दा बीएमसीभी नेपालमा सकेसम्म चाँडो नम्बर १ व्यावसायिक सवारी ब्रान्ड बन्न पूर्णरूपमा प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको अवसरमा सम्बोधन गर्दै कमर्सियल भेहिकलका उपाध्यक्षहेमन्त पुराणिकले भने, ‘यो अवार्ड हाम्रो टोलीको जोश र प्रतिबद्धता, हाम्रो बोर्डको अटल समर्थन र हाम्रा ग्राहकहरूको अपार विश्वास, र भीइसीभीमा हाम्रा साझेदारहरूसँगको बलियो सहकार्यको प्रमाण हो । यस्तो महत्त्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूपमा मान्यता पाउनु प्रेरणादायी छ । हामी आगामी वर्षहरूमा स्तर अझ माथि उठाउन कटिबद्ध छौं ।​

बीएमसीभीले आफ्ना ग्राहकहरू, टोली सदस्यहरू, बोर्डर भीइसीभीलाई उनीहरूको निरन्तर विश्वास र साझेदारीको लागि हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्