
अष्ट्रेलियाको अर्बनमा तीज विशेष सांगीतिक कार्यक्रम हुने भएको छ । भदौँ ६ गते अर्थात् अगष्ट २२ मा अर्बनको एनएसडब्लु ग्रान्ड प्लायेसमा सांगीतिक कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा गायक रामजी खाँड र गायिका शान्तिश्री परियारले प्रस्तुति दिने भएका हुन् । अर्बन सोसाइटीका अध्यक्ष अरुण श्रेष्ठका अनुसार कार्यक्रमको प्रवेश शूल्क ५९ डलर र २५ डलर राखिएको छ । अनलाइनबाट भने ५५ डलरमै खरिद गर्न सकिने उनले जानकारी दिए ।
विदेशमा रहेका नेपाली महिलालाई आफ्नो संस्कृति तथा चाडपर्वको महत्त्व बुझाउन सांगीतिक कार्यक्रम गर्न लागिएको श्रेष्ठले बताए । 'घरदेखि टाढा हुँदा आफ्नो मौलिक संस्कृति भुल्ने अवस्था आउन सक्ने हुँदा यस्ता कार्यक्रमले नेपालीत्त्वको भावना जगाउन सक्छ । यहाँ बसेर स्वदेशको संस्कृतिलाई माया गराउन सक्नु पनि हाम्रो दायित्त्व हुन आउँछ,' उनले भने ।