
एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका इलेक्ट्रिक भेहिकलहरू नेपाल भित्रिएको छ । एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्वील ड्राइभका दुई मोडलहरू नेपाल आइपुगेका हुन् ।
यही साउन २१ गतेबाट शुरू हुने नाइमा मोबिलिटी एक्स्पोमा नेपाल भित्रिएका एलइभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछन् ।
एलइभी०५ एक प्रिमियम ह्याचव्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट अवारको ब्याट्रीप्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीको दाबी छ ।
त्यस्तै एलईभी एक्स एक अलह्वील ड्राइभ क्रसओभर एसयूभी हो । यस अघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अलह्वील ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको ब्याट्रीप्याक र १९८ किलोवाटको मोटर रहेको छ । यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अलह्वील ड्राइभ भएसँगै जस्तोसुकै बाटोहरुमा समेत आरामले चलाउन सकिने भएको छ ।
कम्पनीका अनुसार एलईभी वानमा भन्दा अलह्वील ड्राइभ एलईभी एक्समा क्याबिनका केही फिचरहरूसमेत अपडेट भएका छन् ।
यी कारको मूल्य भने नाइमा मोबिलिटी शोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको छ ।