२८ जेठ २०८३, बिहीबार

नयाँ पोस्टरमा ‘ताराहरू’- आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रको मनोदशा प्रस्तुत

साउन २०, २०८२
काठमाडौं
नयाँ पोस्टरमा ‘ताराहरू’- आन्तरिक द्वन्द्वमा अल्झिएका पात्रको मनोदशा प्रस्तुत

आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘ताराहरू’को नयाँ पोस्टर सार्वजनिक भएको छ । 

पोस्टरमा आन्तरिक द्वन्द्वमा अल्झिएका चरित्रहरू देखिएका छन् ।  यसअघि फिल्मका दुईवटा पोस्टर सार्वजनिक भएकोमा यो अन्तिम पोस्टर हो ।

अभिनेता आशान्त शर्माको लुक्स अशान्त र मानसिक रूपमा विचलित देखिन्छ भने साथमा देखिएकी अभिनेत्री मेनुका प्रधानको चरित्रले भने केही भिन्नताको आभास दिन्छ ।

निर्देशक शर्माका अनुसार ‘ताराहरू’ मध्यम वर्गीय परिवारको कथामा आधारित छ । विशेषतः शहरको निम्न मध्यम वर्गीय परिवारको कथा फिल्ममा देखाइएको उनको भनाइ छ ।

फिल्मको निर्देशन शर्मा स्वयंले गरेका हुन् । फिल्ममा अन्य कलाकारका रूपमा कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।

गोपिनी सेढाइँ र कृष्णप्रसाद पंगेनीले निर्माता रहेको फिल्म वेज प्रालिले निर्माण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्