
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ को विन्दुमा कायम भएको हो । यस दिन बजारमा २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयरको खरिद-बिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारका दिन सोमबार परिसूचक १६.४६ अंकले बढेर २८७५.३६ को विन्दुमा बन्द भएको थियो ।
आजको कारोबारमा समाज लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
आज यी दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।