२९ जेठ २०८३, शुक्रबार

पोर्चुगलका लागि नेपाली राजदूत पौडेल र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक टण्डनबीच भेटवार्ता

साउन २०, २०८२
काठमाडौं
पोर्चुगलका लागि नेपाली राजदूत पौडेल र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक टण्डनबीच भेटवार्ता

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक, ग्लोबल बिजिनेस तथा डायस्पोरा समिती (सीएनआई)का सभापति तथा  नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन र पोर्चुगलस्थित नेपाली राजदूत प्रकाशमणि पौडेलबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच विदेशी प्रतक्ष्य लगानी भित्र्याउन आवश्यक रणनीति बनाउने, उत्पादनशील छेत्र र प्रविधि स्थानान्तरणमा रेमिट्यान्स लगानीलाई  समर्थन गर्न औपचारिक नेटवर्कको स्थापना गर्ने, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा र आध्यात्मिक रिट्रीटका लागि नेपाललाई शीर्ष गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने विषयमा कुराकानी भएको छ । 

छलफल कार्यक्रममा राजदूत पौडेलले पोर्चुगलमा रहेका नेपालीका समस्या समाधानका लागि आफू लागिपरेको बताए । उनले नेपाली आप्रवासीहरूको कल्याण र अधिकार सुनिश्चित गर्ने काम भइरहेको साथै पोर्चुगलमा नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्ने प्रभावकारी योजना बनिरहेको जानकारी दिए ।

पोर्चुगलमा रहेको नेपाली मिसन र सीएनआईबीचको संस्थागत सम्बन्धको बारेमा पनि भेटमा छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्