२२ असार २०८३, सोमबार

नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा मल्टी-बाइ अफर, ग्यालेक्सी बड्स र वाचमा ३२ प्रतिशत छुट

साउन २१, २०८२
काठमाडौं
नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा मल्टी-बाइ अफर, ग्यालेक्सी बड्स र वाचमा ३२ प्रतिशत छुट

सामसङ नेपालले नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा विशेष अफर सार्वजनिक गरेको छ।

सीमित अवधिका लागि उपलब्ध यो अफरअन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअपजस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउने कम्पनीले जनाएको छ ।​ 

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।

यो मल्टी-बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ—ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर तपाईंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउने कम्पनीले जनाएको छ ।

स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी वा उत्कृष्ट अडियो अनुभवका लागि ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्ने छन् ।

null

यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ।

साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स  सेवा मार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्