२९ जेठ २०८३, शुक्रबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा विषेश छुट

साउन २१, २०८२
काठमाडौं
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई गोकर्ण फरेस्ट रिसोर्टमा विषेश छुट

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) र गोकर्ण फरेस्ट रिसोर्ट, काठमाडौंबीच एक सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) प्रयोगकर्ताले गोकर्ण फरेस्ट रिसोर्टमा उपलब्ध फुड एण्ड बेवरेज र स्पा सर्भिस मा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु रहेको छ । 

एनआईएमबीले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकता दिँदै यस्ता विविध छुट योजना तथा सहकार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ । छुटको विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको बैंकले जनाएको  छ । 

बैंकले हाल २७५ शाखा, २६४ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर र ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्