२९ जेठ २०८३, शुक्रबार

नाइमाको पहिलो अटो शोमा सवा करोडसम्ममा ईभी

साउन २१, २०८२
काठमाडौं
नाइमाको पहिलो अटो शोमा सवा करोडसम्ममा ईभी

आज बुधबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ईभीकै दबदबा देखिएको  छ ।

काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स (नाइमा)ले आफ्नो पहिलो संस्करणको अटो शोको शुरूआत गरेको हो ।

जारी अटो शोमा ३५ नयाँ ब्रान्डका गाडी र अन्य गरी ४७ स्टल राखिएको छ । एक्पोमा अधिकांश नयाँ ब्रान्डका सवारी साधन लन्च भएका छन् भने केही लन्च हुन बाँकी छन् । दुई पांग्रेदेखि चार पांग्रे सवारी प्रदर्शनीमा देख्न सकिन्छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको मोबिलिटी एक्स्पोमा सबैभन्दा सस्ता २५ लाखदेखि सवा करोडसम्मका विद्युतीय र पेट्रोलियम गाडीहरू छन् । यद्यपि विद्युतीय गाडीको चाप निकै बढी देखिन्छ ।

बीवाईडीको सस्तो अटो–वान

नाइमा बोबिलिटी एक्पोका लागि बीवाईडीले राखेको सरप्राइज गाडी अटो–वान सार्वजनिक गरिएको छ । बीवाईडीको हालसम्मकै सस्तो गाडीका रूपमा रहेको अटो–वानको मूल्य २८ लाख ९५ हजार रूपैयाँदेखि शुरू हुन्छ ।

बुधबार बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नयाँ ह्याचब्याक कार स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्ट सार्वजनिक गरेको हो । एक्स्पोबाट बीवाईडीले बिक्री पनि शुरू गरेको छ ।

null

यी दुई भेरियन्टमा डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रूपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रूपैयाँ तोकिएको छ ।

डाइनामिक भेरियन्टले २३० किलोमिटरको रेन्ज दिन्छ भने प्रिमियम भेरियन्टले ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

जेइको जे ५

नाइमा मोबिलिटी एक्स्पोमा प्रिमियम एसयूभी ‘जेइको जे–५’ सार्वजनिक गरिएको छ । एसपीजी अटोमोबाइल्सले प्रिमियम एसयूभी ‘जेइको जे–५’ नेपाली बजारमा भित्र्याएको हो ।

यसअघि नै कम्पनीले ओमोडा र जेइको जे ६ नेपाली बजारमा भित्र्याइसकेको थियो भने यही लाइनअपमा कम्पनीले नयाँ जे–५ नेपाली बजारमा ल्याएको हो ।

प्रिमियम एसयूभीको १८५ मिलिमिटर​को ग्राउन्ड क्लियरेन्स, १८–इन्च स्पेयर टायर, ४६१ किलोमिटर​को ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेसजस्ता विशेषता छन् ।

null

जेइको जे–५ को मूल्य ६० लाख ९९ हजार रूपैयाँ तोकिएको छ । तर, नाइमा एक्स्पो विशेष अफरअन्तर्गत गाडी ५६ लाख ९९ हजार रूपैयाँमै बुकिङ गर्न सकिने कम्पनीले बताएको छ ।

कम्पनीले शुरूआति मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको ओमोडा ई ५ नाइमा विशेष अफरको रूपमा ५४ लाख ९९ हजार रूपैयाँमा र शुरूआती मूल्य ६९ लाख ९९ रूपैयाँ रहेको जेइको जे ६ अफरको रूपमा ६५ लाख ९९ हजार रूपैयाँमा उपलब्ध गराइएको छ ।

null

लिपमोटरको ‘बी १०’ एसयूभी

मोबिलिटी एक्पोमा अर्को नयाँ भेरियन्ट लिपमोटरको ‘बी १०’ सार्वजनिक गरिएको छ । सांग्रिला मोटर्सले लिपमोटरको नयाँ ‘बी १०’ एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको हो ।

आधुनिक प्रविधिसहित एड्भान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टमसहितको बी १० मा स्मार्ट पार्किङ सुविधासहित कूल १६ वटा फङ्सनहरू छन् । गाडीमा भित्र १४.६ इन्चको सस्पेन्डेड टचस्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर र टु–स्पोक डी–आकारको स्टेयरिङ ह्वील राखिएको छ ।

null

एकपटकको पूर्ण चार्जमा ‘बी १०’ले करिब ५०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । दुई भेरियन्टमा उपलब्ध रहेको बी १० को पहिलो भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रूपैयाँ रहेको छ भने दोस्रो संस्करणको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

एमजीको आईएम ६

नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी ‘एमजी आईएम ६’ मोबिलिटी एक्स्पोमा देखिएको छ । प्यारामाउन्ट मोटर्सले नेपाल भित्र्याएको एमजी आईएम ६ अत्याधुनिक डिजाइन, बौद्धिक सुविधा र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ आएको छ ।

null

७५ किलोवाट आवरको एलएफपी ब्याट्रीले एकपटकको चार्जमा चार सय ५० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । पाँच सिट क्षमता रहेको आईएम ६ मा अत्याधुनिक ब्याट्री सुरक्षा प्रणाली रहेकाले आईएम ६ को मूल्य नेपाली बजारमा ७४ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।

सनलोङका दुई इलेक्ट्रिक माइक्रोभ्यान

चिनियाँ कमर्सियल भेहिकल ब्राण्ड सनलोङका दुई इलेक्ट्रिक माइक्रोभ्यान पनि एक्पोमा सार्वजनिक भएको छ । वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेसन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान नेपाल भित्र्याएको हो ।

एलसीडी ड्यासबोर्ड, यूएसबी चार्जिङ इन्टरफेस, एयर कण्डिसन, प्रेडेस्ट्रियन वार्निङ सिस्टम, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामरा, फ्रन्ट पावर विण्डो लगायत फिचर फिचरसहितको भ्यानको मूल्य ४७ लाख ५१ लाखसम्म तोकिएको छ ।

‘फोर्थिङ’

लक्ष्मी ई-मोबिलिटीले चीनको इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ एक्पोमा सार्वजनिक गरेको छ । लक्ष्मी ई–मोबिलिटीले नेपालमा ‘फ्राइडे ईभी’का दुई मोडेल (लक्जरी र विशिष्ट) सार्वजनिक गरेको हो ।

null

यसको लक्जरी मोडेल ४८ लाख ९६ हजार र विशिष्ट मोडेल ५४ लाख ९६ हजार रूपैयाँमा खरिद गर्न सकिन्छ । ६४.४ किलोवाटर आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यस एसयूभीले ४०० किलोमिटर भन्दा बढीको रेन्ज दिने दाबी गरिएको छ ।

‘म्याक्सस मिफा ७’

नाइमा मोबिलिटी शोमा ‘म्याक्सस मिफा ७’को बिक्री खुला गरिएको छ । चीनको एसएआईसी मोटर ग्रुप अन्तर्गतको म्याक्सस ब्रान्डको ‘म्याक्सस मिफा ७’लाई हिमालय मोट्रक्सले नेपालमा भित्र्याएको हो ।

दुई भेरियन्टमा उपलब्ध ‘म्याक्सस मिफा ७’को ७ सिटर मिफा ७ को मूल्य १ करोड २५ लाख रूपैयाँ र इटेरोन (डबल क्याब इलेक्ट्रिक पिकअप)को मूल्य १ करोड ९ लाख ९९ हजार तोकिएको छ । 

तर, अटो एक्स्पोभरि मिफा ७ बुक गर्ने ग्राहकलाई १० लाख रूपैयाँ र इटेरोङ पिकअप बुक गर्नेलाई ५ लाख नगद छुट लगायत अन्य विशेष अफर प्रदान गरिएको छ ।

null

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको म्याक्सस मिफा ७ ले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ । ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुने भनिएको यस मल्टी–प्रपोज भेहिकलमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडष्टिभ कुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स छन् ।

यसका साथै यो गाडीले युरो एनसीएपी, सी–एनसीएपी, ए–एनसीएपीमा ५ स्टार रेटिङ पाएको छ ।

null

गाडीको ९० किलोवाट आवरको उच्च क्षमताको ब्याट्रीले ६३५ किमिसम्मको उच्चतम दूरी (ड्ब्लुएलपिटी) तय गर्ने क्षमता राख्दछ । 

प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ, हाई परफर्मेन्स १८० किलोवाट इलेक्ट्रिक मोटर (३५० किलोवाट टर्क), मसाज सिट समेत यस गाडीको विशेषता रहेको छ ।

हेर्नुहोस् भिडियो :


 

salt training

कमेन्ट गर्नुहोस्