२७ जेठ २०८३, बुधबार
मध्यरातमा रोधीघरमा गुण्डागर्दी

युवतीमाथि अश्लील हर्कत गर्ने चारजना पक्राउ, यसअघि पाँचपटक पक्राउ परेका व्यक्ति फेरि समातिए

साउन २१, २०८२
काठमाडौं
युवतीमाथि अश्लील हर्कत गर्ने चारजना पक्राउ, यसअघि पाँचपटक पक्राउ परेका व्यक्ति फेरि समातिए

काठमाडौंको माछापोखरीमा मध्यरातमा गुण्डागर्दी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

माछापोखरीमा रहेको राजधानी रोधीघरमा पुगेका उनीहरूले युवतीमाथि अश्लील हर्कत देखाउनुका साथै धारिलो हतियार प्रदर्शन गरी धाकधम्की दिएका थिए । पीडितले प्रहरीलाई बताए अनुसार उनीहरूले त्यहाँ कार्यरत युवतीमाथि हातपातको प्रयास समेत गरेका थिए । 

घटना मंगलबार मध्यराति १२ :४० बजेतिरको हो । चार जनाको समूह होहल्ला गर्दै पुगेर अभद्र व्यवहार गरेपछि प्रहरी बोलाइएको थियो । घटनाबारे खबर पुग्नेबित्तिकै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले चारै जनालाई रोधीघरको बाहिरबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका-५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ सूर्यदर्शन हाइट बस्ने ३७ वर्षीय दीपक कार्की, नुवाकोटको ककनी गाउँपालिका-५ घर भई हाल काठमाडौंको टोखा नगरपालिका-३ बस्ने निरज गुरुङ, टोखा  सरस्वती टोल बस्ने २८ वर्षीय रोशन डंगोल र टोखा गणेशस्थान बस्ने २४ वर्षीय रोहन डंगोल रहेका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी काजी कुमार आचार्यले जानकारी दिए । 

उनीहरूलाई राति १ बजेको समयमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउपश्चात तत्कालै पीडितलाई बोलाई प्रहरीले सनाखत गरेको थियो । 

पक्राउ परेकामध्ये निरज गुरुङ र रोशन डंगोल पटके अभियुक्त रहेका पाइएको छ । प्रहरी अभिलेख अनुसार निरज यसअघि पाँच पटक र रोशन दुई पटक पक्राउ परिसकेका छन् ।

रोशनलाई २०७३ फागुन ६ गते सार्वजनिक अपराध र २०८० चैत २२ गते ज्यान मार्ने उद्योग कसुरमा प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो । आवश्यक कानूनी कारबाहीपछि उनी छुटेका थिए ।

निरजलाई भने २०७६ पुस २२ गते प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको प्रहरी अभिलेख छ । महरागञ्ज वृत्तले नै उनलाई २०८१ असोज २४ गते ज्यान मार्ने उद्योगमा पक्राउ गरेको थियो ।

यसैगरी, प्रहरी वृत्त लैनचौरले उनलाई २०८० असार १७ र २०८१ असोज ७ गते अभद्र व्यवहार कसुरमा पक्राउ गरेको थियो । यस्तै उनलाई अभद्र व्यवहार कसुरमै प्रहरी वृत्त बालाजुले २०८० असोज ५ गते पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार कला क्षेत्रमै कार्यरत ती युवती आफ्नो दाइको रोधीघरमा पुगेकी थिइन् । सोही रोधीघरमा पुगेका युवाहरूले उनमाथि अश्लील हर्कत गरेका प्रहरी बताउँछ । 

salt training

कमेन्ट गर्नुहोस्