२८ जेठ २०८३, बिहीबार

कविता- रक्षाबन्धन

साउन २४, २०८२
काठमाडौं
कविता- रक्षाबन्धन

जनै पूर्णिमा, रक्षाबन्धन या क्वाँटी पूर्णिमा 
गाईजात्रा, पितृस्मरण यही पावन अवसरमा 

मनाऔं पर्व चाड, धान रोपाइँ सम्पन्नपछिको
लगाऔं डोरो, बाधौं राखी, रिवाज समुदायको 

यज्ञोपवित, रक्षाबन्धन, हरेक वर्ग समुदायमा
सुन्दर मौसम, हाँसीखुसी, उमङ्ग परिवारको

क्वाँटी खाने, डोरो लगाउने, जनै फेर्ने संस्कार
गाईजात्रा निकाल्ने, लाखे नाँच्ने, अनेकन प्रकार

कोही भन्छन् छोरा मानिसको तीज, परिकार विभिन्न 
राखी, ताओ बाँध्दै घरघरमा जनैपूर्णिमा सम्पन्न

शरीरको रक्षार्थ क्वाँटी, सुख शान्तिका लागि रक्षाबन्धन
दाजुभाइलाई राखी बाँध्ने,  शान्ति दीघार्युको कामना

चाड मनाऔं, उमङ्ग लिऔं, सबैजनमा सद्‌भाव
एक आपसमा प्रेमसम्मान, चाडपर्वको प्रभाव

क्वाँटी खाइ, रोग भगाइ, लगाऔं रक्षाबन्धन
सर्वे भवन्तु सुखिन:, पर्व हाम्रो महान 

salt training

कमेन्ट गर्नुहोस्