
नीता ढुंगानाले निर्देशन गर्ने चलचित्र ‘पार्वती’का २ पोस्टर सार्वजनिक भएका छन् ।
जनैपूर्णिमाको शुभकामनासहित २ पोस्टर सार्वजनिक गर्दै निर्देशक ढुंगानाले पार्वती आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएकी हुन् । 'जनैपूर्णिमाको शुभकामनासहित, म पार्वती आउँदैछु, माघ १ गते केही नयाँ केही फरक कथा लिएर, आशीर्वाद दिनुहोला,' उनले लेखेकी छिन्।

नीता फिल्म्सको प्रस्तुतिमा आउन लागेको चलचित्रको पटकथा तथा संवाद लेखन शिवम अधिकारीको रहनेछ ।
कविर लाल र शाहिद लालको छायांकन, सानिजा अधिकारी, नरसरी अधिकारी र पवन ढुंगाना निर्माता रहेको चलचित्रलाई हाँसो, भावना र सामाजिक सन्देश मिश्रित फिल्म बताइएको छ ।
‘एक साधारण पात्रको नजरबाट जीवनका रङ, सम्बन्धका मिठास र संघर्षका भाव दर्साइनेछ,’ निर्माताले जानकारी दिएका छन् ।
