११ साउन २०८३, सोमबार

पुटिन ट्रम्पसँगको बैठकलाई आफ्नो व्यक्तिगत विजयको रूपमा प्रस्तुत गर्न चाहन्छन् : जेलेन्स्की

साउन २७, २०८२
काठमाडौं
पुटिन ट्रम्पसँगको बैठकलाई आफ्नो व्यक्तिगत विजयको रूपमा प्रस्तुत गर्न चाहन्छन् : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनले युद्धविरामको नाटक मात्र गरिरहेको आरोप लगाएका छन् ।

रूस-युक्रेन युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुनुअघि जेलेन्स्कीले युद्धविरामका लागि पुटिनले वास्तवमै केही नगरेको बताएका हुन् । ट्रम्प र पुटिन अगस्ट १५ मा भेट्ने कार्यक्रम छ । 

पुटिनले युद्धविराम वा युद्ध अन्त्यका लागि केही पनि नगरेको उनको आरोप छ । 'आज गुप्तचर र सैन्य कमाण्डबाट एक रिपोर्ट प्राप्त भएको छ, जसले पुटिनले के तयारी गरिरहेका छन् भनेर बताएको छ। यो स्पष्ट छ कि पुटिन न त युद्धविरामको लागि तयारी गरिरहेका छन् न त युद्ध अन्त्य गर्ने । पुटिन अमेरिकासँगको बैठकलाई आफ्नो व्यक्तिगत विजयको रूपमा प्रस्तुत गर्न चाहन्छन् र त्यसपछि पहिलेजस्तै युक्रेनमा दबाब जारी राख्न चाहन्छन् ।'

रूसले आफ्नो सेना तैनाथ गरिरहेको जेलेन्स्कीको दाबी छ । जसले नयाँ आक्रामक सैन्य कारबाहीको तयारीलाई संकेत गर्दछ ।

ट्रम्पले पुटिनसँगको भेटघाटमा युक्रेनको केही भाग रुसबाट फिर्ता लिने प्रयास गर्ने बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्