२८ असार २०८३, आइतबार

सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

साउन २९, २०८२
काठमाडौं
सुडानमा हैजाको भयावह प्रकोप : एक सातामै ४० जनाको मृत्यु

सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा (एमएसएफ) का अनुसार, पछिल्ला केही वर्षयताकै यो सबैभन्दा गम्भीर हैजा प्रकोप हो ।

एमएसएफले जनाएको अनुसार, युद्धग्रस्त दार्फुर क्षेत्र महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।
त्यहाँका स्वास्थ्यकर्मीहरूले सात दिनको अवधिमा मात्रै दुई हजार ३०० भन्दा बढी बिरामीको उपचार गरेका छन् ।

गत वर्षदेखि साउन २७ सम्म, देशभर हैजाका ९९ हजारभन्दा बढी शंकास्पद बिरामी दर्ता भएका छन्, जसमध्ये दुई हजार ४७० जनाले ज्यान गुमाइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्