
द्वापर युगमा, मथुरामा जन्मियौ ।
पाप धर्मको, महिमा देखायौ ।
श्रीकृष्ण तिमीले, संसार हसायौ ।
महाभारत रचेर, सत्मार्ग सिकायौ ।
तिम्रो जगतमा, लिला अपार ।
सोह्र हजार गोपिनी, माया विशाल ।
तिम्रा वाणी सदैव, छन यथार्थपरक ।
बाँच्ने कला, सकल जीवन जगत ।
अवतार आठौं , नारायण विष्णुको
धर्म उत्थान, मार्ग युगेश्वरको ।
गीता दर्शन, सबमा बुझायौ ।
श्रीकृष्ण तिमीले, आशा जगायौ ।
जो भइरहेछ ठिक, जो हुनेछ त्यो पनि ठीक ।
यसर्थ, लोकमा गुमाउनु हुन्न, विवेक क्षणिक ।
तिम्रो आशा भरोसा ,चिन्तन सकारात्मक।
तिमी नै हौ जगतमा, सत्य सार्थक।
सारथि बनेर तिमीले, महाभारत युद्ध ।
गरायौ बन्धुहरू बीचमा, जगतमा प्रसिद्ध।
बुझायौ राजा राजनको, मुलुकमा कर्तव्य ।
च्युत हुँदा के हाल हुन्छ, जनमा दृष्टान्त ।
ज्ञानमार्ग भक्तीमार्ग, तिमीले सिकायौ ।
कंश र कौरव वंशको विनाश रचायौ ।
कर्तव्य धर्म संस्कार कर्म छोड्न हुन्न बुझायौ ।
सकल मानवमा कर्म श्रेष्ठ छ भन्ने सिकायौ
निस्काम कर्म को मूल मन्त्र देखायौ ।
कर्म तिम्रो फल उनैको सबमा प्रस्ट्यायौ
निरन्तर, कर्ममा जुट्न तिमी भन्दैछौ ।
ज्ञान धर्म संस्कार सबमा आकृष्ट गराउँछौ ।