२८ जेठ २०८३, बिहीबार

कविता : कृष्णाष्टमी !

साउन ३१, २०८२
काठमाडौं
कविता : कृष्णाष्टमी !

द्वापर युगमा, मथुरामा जन्मियौ  ।

पाप धर्मको, महिमा देखायौ ।

श्रीकृष्ण तिमीले, संसार हसायौ ।

महाभारत रचेर, सत्मार्ग सिकायौ ।

तिम्रो जगतमा, लिला अपार ।

सोह्र हजार गोपिनी, माया विशाल ।

तिम्रा वाणी सदैव, छन यथार्थपरक ।

बाँच्ने कला, सकल जीवन जगत ।

अवतार आठौं , नारायण विष्णुको

धर्म उत्थान, मार्ग युगेश्वरको ।

गीता दर्शन, सबमा बुझायौ ।

श्रीकृष्ण तिमीले, आशा जगायौ ।

जो भइरहेछ ठिक, जो हुनेछ त्यो पनि ठीक ।

यसर्थ, लोकमा गुमाउनु हुन्न, विवेक क्षणिक ।

तिम्रो आशा भरोसा ,चिन्तन सकारात्मक।

तिमी नै हौ जगतमा, सत्य सार्थक।

सारथि बनेर तिमीले, महाभारत युद्ध ।

गरायौ बन्धुहरू बीचमा, जगतमा प्रसिद्ध।

बुझायौ राजा राजनको, मुलुकमा कर्तव्य ।

च्युत हुँदा के हाल हुन्छ, जनमा दृष्टान्त ।

ज्ञानमार्ग भक्तीमार्ग, तिमीले सिकायौ ।

कंश र कौरव वंशको विनाश रचायौ ।

कर्तव्य धर्म संस्कार कर्म छोड्न हुन्न बुझायौ ।

सकल मानवमा कर्म श्रेष्ठ छ भन्ने सिकायौ

निस्काम कर्म को मूल मन्त्र देखायौ ।

कर्म तिम्रो फल उनैको सबमा प्रस्ट्यायौ 

निरन्तर, कर्ममा जुट्न तिमी भन्दैछौ ।

ज्ञान धर्म संस्कार सबमा आकृष्ट गराउँछौ ।

salt training

कमेन्ट गर्नुहोस्