२८ जेठ २०८३, बिहीबार

बलिउडका नवाब सैफ अली खान : ८०० करोडको प्यालेस, १२ सय करोडको सम्पत्ति

भदौ २, २०८२
काठमाडौं
बलिउडका नवाब सैफ अली खान : ८०० करोडको प्यालेस, १२ सय करोडको सम्पत्ति

बलिउडमा करिब २५ वर्षभन्दा बढी समय बिताइसकेका अभिनेता सैफ अली खान आफ्नो बहुआयामिक अभिनय र शैलीका कारण चिनिन्छन् । 

हिन्दी सिनेमाका बहुप्रतिभाशाली अभिनेतामध्ये उनी एक हुन् । शाही खानदानका उत्तराधिकारी भएकाले उनलाई ‘बलिउडका नवाब’ भनेर पनि चिनिन्छ । उनीसँग हरियाणास्थित करिब ८०० करोड रूपैयाँ मूल्यांकन गरिएको पटौदी प्यालेससमेत छ ।

सन् २०११ मा उनका पिता मन्सुर अली खान पटौदीको निधनपछि सैफ अली खानलाई पटौदीका दशौं नवाबको रूपमा घोषित गरिएको थियो । 

उनकी आमा चर्चित अभिनेत्री शर्मिला टागोर र उनका पिता शाही परिवारका सदस्य थिए । यद्यपि सैफले आफ्नो अभिनय करिअर अगाडि बढाउन कहिल्यै नवाबी पृष्ठभूमिको फाइदा उठाएनन् । उनले आफ्नै मेहनतले बलिउडमा स्थान बनाए र राष्ट्रिय चलचित्र पुरस्कारदेखि २०१० को पद्मश्रीसम्म पाएका छन् ।

सैफ अली खानको सम्पत्ति

  • रिपोर्टअनुसार सैफ अली खानको कूल सम्पत्ति करिब १,२०० करोड रूपैयाँ छ
  • उनी चलचित्र, ब्रान्ड विज्ञापन, व्यावसायिक लगानी र पैतृक सम्पत्तिबाट आम्दानी गर्छन्
  • उनको सम्पत्तिको ठूलो हिस्सा पटौदी प्यालेस हो, जसको मूल्य करिब ८०० करोड रूपैयाँ छ
  • इन्डियन टाइम्सको रिपोर्टअनुसार, उनले हरेक फिल्मका लागि १०–१५ करोड र विज्ञापनबाट १–५ करोड रूपैयाँसम्म लिन्छन्
  • पत्नी करिना कपुर खानसँग मिलेर उनीहरू बलिउडका सबैभन्दा धनी दम्पतीमध्ये पर्छन् । करिनाको सम्पत्ति मात्र करिब ४८५ करोड रूपैयाँ रहेको बताइन्छ

अभिनय करिअरका महत्त्वपूर्ण मोडहरू

  • सैफ अली खानको करियरको टर्निङ प्वाइन्ट सन् २००१ मा आएको फरहान अख्तरको दिल चाहता है थियो
  • २००४ मा ‘हम तुम’बाट उनले राष्ट्रिय चलचित्र पुरस्कार (श्रेष्ठ अभिनेता) पाए
  • २००६ मा विशाल भारद्वाजको ओमकारा मा ‘लंगडा त्यागी’को खतरनाक भूमिकाले उनको अभिनयको अर्को पक्ष देखायो
  • २००९ मा आएको ‘लभ आज कल’ले जटिल भूमिकामा उनी सफल हुने क्षमतालाई उजागर गर्‍यो
  • २०२० मा तानाजी: द अनसंग वारियर मा ‘उदयभान राठौर’को गहिरो अभिनयले उनलाई पुनः सुर्खीमा ल्यायो

salt training

कमेन्ट गर्नुहोस्