२९ असार २०८३, सोमबार

९ औं वार्षिकोत्सवको अवसरमा वात्सल्य क्लिनिकले ल्यायो विशेष अफर

भदौ ३, २०८२
काठमाडौं
९ औं वार्षिकोत्सवको अवसरमा वात्सल्य क्लिनिकले ल्यायो विशेष अफर

प्रजनन उपचारको क्षेत्रमा नेपालको अग्रपङ्क्तिमा रहेको वात्सल्य क्लिनिकले आफ्नो ९ औं वार्षिकोत्सवको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

समाजमा बढ्दो निःसन्तानको चुनौतीलाई सम्बोधन गर्दै, ७० प्रतिशतभन्दा बढीको आईभीएप सफलता दरका साथ ९ हजारभन्दा बढी परिवारहरूलाई सन्तान सुख प्रदान गरिसकेको वात्सल्यले 'सफलताको सम्भावना दोब्बर, खुसी चौगुणा' नामक विशेष अफर ल्याएको हो ।

दोस्रो आईभीएफ निःशुल्क : यस अफरअन्तर्गत, वात्सल्य क्लिनिकमा पहिलो आईभीएफ चक्र गराउने जोडीहरूका लागि यदि पहिलो चक्रबाट गर्भधारण हुन नसकेमा र त्यस चक्रबाट स्वस्थ भ्रूण बाँकी रहेमा, दोस्रो आईभीएफ चक्र निःशुल्क हुनेछ।

यो सीमित अवधिको योजना भएकोले इच्छुक दम्पतीहरूलाई थप जानकारीका लागि आजै नजिकको वात्सल्य क्लिनिकमा जान वा सिधै ०१-५९७०६११ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । 

यसका साथै अफरसम्बन्धी सम्पूर्ण जानकारी www.vatsalya.com.np वेबसाइटमा पनि हेर्न सकिने कम्पनीले जनाएको छ ।

वात्सल्य नेपालको अग्रणी आईभीएफ तथा प्रजनन उपचार क्लिनिक हो । जसले उच्च सफलता दरसहित अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्