२९ जेठ २०८३, शुक्रबार
बजेट र वनको उल्झनमा राष्ट्रिय गौरवको आयोजना

सेती लोकमार्ग निर्माणको सुस्त गति : १७ वर्षसम्म ट्र्याक खोलेरै सकिएन, कहिले सकिएला काम ?

भदौ ४, २०८२
काठमाडौं
सेती लोकमार्ग निर्माणको सुस्त गति : १७ वर्षसम्म ट्र्याक खोलेरै सकिएन, कहिले सकिएला काम ?

सुदूरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको सेती लोक मार्गको काम कछुवा गतिमा अगाडि बढिरहेको छ । सुदूरपश्चिम प्रदेशको विकासमा फड्को मार्ने अपेक्षा गरिएको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाको काम बजेट अभाव वनको अड्चनले सुस्त गतिमा भइरहेको हो । 

करिब १७ वर्षअघि आर्थिक वर्ष २०६५/६६ बाट निर्माण शुरू गरिएको सेती लोक मार्गमा अहिलेसम्म ट्र्याक खोल्ने काम पनि सम्पन्न भएको छैन । कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भन्ज्याङ (ताक्लाकोट सीमा नाका) जोडिने सेती लोक मार्गको काम दुई खण्डमा भइरहेको छ । उत्तर खण्ड थामालेक–चैनपुर–ताक्लाकोटसम्म रहेको छ । जुन बझाङ जिल्लामा मात्रै पर्छ भने दक्षिणतर्फको टिकापुर–लोडे–चैनपुर–थम्लेकस सडक कैलाली, अछाम, डोटी र बाजुरामा पर्छ । 

कुल(दुवै खण्डको) ३४८ किलोमिटरको सती लोकमार्गमा २१०.५ किलोमिटर ट्र्याक खुलेको छ । बाँकी ट्र्याक खोल्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

नेपाल–भारत–चीन जोड्ने बहु उपयोगी सडक आयोजना कैलालीको टीकापुर बौनियाँबाट डोटी, अछाम, बाजुरा, बझाङको चैनपुर हुँदै तिब्बतको ताक्लाकोटसम्म जोडिन्छ । 

लोक मार्गको दक्षिण खण्डअन्तर्गत अछाम तर्फको ८० किलोमिटर,  बाजुरा १२ किमी, डोटी ४० किमी र कैलालीको ७२ किमीसहित दुई सय चार किमी सडक खण्ड पर्दछ । जसमध्ये अछाममा ५७ किमी र कैलालीमा ७० किमीसहित एक सय २७ किमी ट्र्याक खोलिएको आयोजनाले जनाएको छ । अछाम खण्डको २३ र कैलालीको दुई किमी, डोटीको ४० र बाजुराको १२ किमी ट्याक खोल्न बाँकी रहेको छ । 

दक्षिण खण्ड(टिकापुर–लोडे–चैनपुर–थम्लेक)

चार जिल्ला जोडिने दक्षिण खण्डमा हालसम्म कुल १ अर्ब ३० करोड रुपैयाँ बजेट खर्च भएको छ । जहाँ दक्षिण खण्डको कुल अनुमानित लागत १६ अर्ब रहेको छ । 

null

दक्षिण तर्फको खण्ड कैलाली, डोटी, बाजुरा हुँदै अछाम जिल्लासम्म २०४ किलोमिटरको छ । लोक मार्ग सबैभन्दा बढी कैलाली जिल्लामा ७२ किलोमिटर, डोटीमा ४० किलोमिटर, बाजुरामा १२ किलोमिटर र अछाममा ८० किलोमिटर पर्छ । 

हालसम्म कैलाली जिल्लामा पर्ने ७२ किलोमिटरको ट्र्याक खुलेर १४.५ किलोमिटर कालोपत्रेको ठेक्का लागिसकेको निमित्त आयोजना प्रमुख विरेन्द्रबहादुर चन्दले बताए । डोटीको ४० किलोमिटर ट्र्याक खोल्न २०८२ वैशाखदेखि काम शुरू गरिएको उनले बताए ।

उनका अनुसार डोटीमा ट्र्याक खोल्ने ठेक्का २०७९ मा नै लागे पनि वनको सहमतिले गर्दा रोकिएको थियो । वनको सहमतिपछि यही वैशाखदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको हो ।

‘डोटीमा ट्र्याक खोल्न २०७९ मै ठेक्का लागे पनि वनको कारणले काम हुन सकेको थिएन । वनको कटान आदेश आएपछि गत वैशाखबाट काम शुरू गरिएको छ’, उनले भने, ‘यता बाजुराको पनि ट्र्याक खोल्ने काम नै शुरू भएको छैन ।’ 

बाजुराको १२ किलोमिटरमा खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने भएकाले वातावरण प्रभाव मूल्याङ्कन(इआईए)कै प्रक्रियामा रहेको आयोजनाले जनाएको छ । 

यता, अछाम जिल्लामा भने ६० किलोमिटर ट्र्याक खुलिसकेको छ भने २० किलोमिटर ट्र्याक खोल्न बाँकी छ । अछाममा कूल ४ वटा ठेक्कामा काम भइरहेको आयोजनाले जनाएको छ । 

null

अछाममा ५ किलोमिटरको कालोपत्रेका लागि ठेक्का प्रक्रिया समेत अगाडि बढाइएको छ । तर, अछामको उत्तरतर्फ ईआइए नभएकाले ट्र्याक खोल्न समय लागिरहेको आयोजनाले जनाएको छ । 

उक्त खण्ड(थामालेक–चैनपुर–ताक्लाकोट) 

आर्थिक वर्ष २०७४/७५ देखि शुरू गरिएको सेती रागमार्गको उत्तरी खण्डको हालसम्म ७८.५ किलोमिटर ट्र्याक खोल्ने काम भएको छ । कुल १५५ किलोमिटरको यस खण्डको ७६.५ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको उत्तर खण्डका निमित आयोजना प्रमुख विरेन्द्रकुमार चन्दले बताए । लोकराजमार्गको उत्तरी खण्डमा ठुला चट्टान र भौगोलीक विकटताले गर्दा काम सुस्त देखिएको उनको भनाइ छ । 

चन्दका अनुसार चालू आर्थिक वर्षका लागि कुल १३ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । चालू आर्थिक वर्षसम्म यो खण्डमा कुल १ अर्ब १७ करोड बजेट खर्च भएको छ । जबकि यसको अनुमानित लागत ९ अर्ब बढी गरिएको छ । उत्तर खण्डमा कुल ११ वटा ठूला साना पुलहरू पर्छन् । जसमध्ये ६ वट पुल बन्न बाँकी रहेका छन् ।

लोकमार्गका लागि पनि बजेट न्यून हुँदा दुई ठेक्कामा मात्रै काम भइरहेको उनले गुनासो गरे । बजेट अभावले विस्फोटक पदार्थहरूको उपलब्धता पनि कम भएकोले समय लागिरहेको उनले बताए । ‘विस्फोटक पदार्थहरू धेरै मात्रामा प्रयोग गर्नुपर्ने छ । ठूला चट्टानहरू र पहाडहरू छन् । विस्फोटक पदार्थहरूको उपलब्धता पनि कम भएकोले समय लागिरहेको छ,' उनले भने, 'बजेट पनि न्यून विनियोजनले बढी ठेक्का लगाउन नसकेको अवस्था छ । हाम्रो उत्तर खण्ड त्यत्तिकै जोखिमपूर्ण पनि छ । विगतका वर्षहरूभन्दा बजेट कम कम हुँदै गएको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्