१० असार २०८३, बुधबार

बुटवलमा त्रिशक्ति सेक्युरिटिजको शाखा विस्तार

भदौ ५, २०८२
बुटवल
बुटवलमा त्रिशक्ति सेक्युरिटिजको शाखा विस्तार

नागरिकलाई पुँजीबजारमा उत्प्रेरित गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले बुटवलबाट सेवा थालेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्ज्वल कसजू, नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम र नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेलले संयुक्त रूपमा बुटवल शाखाको उद्घाटन गरे ।

लगानीकर्तालाई छिटोछरितो, सहज र प्रभावकारी सेवा प्रदान गर्दै, ग्राहक सेवा विस्तार गरी अघि बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा त्रिशक्ति सेक्युरिटीजका संस्थापक अध्यक्ष  टंकप्रसाद गौतम र प्रबन्ध निर्देशक गोविन्द प्रसाद दाहालले आर्थिक केन्द्रको रूपमा विकास भइरहेको बुटवल क्षेत्र मोफसलको पुँजीबजारको हब बन्नसक्ने सम्भावना देखेर बुटवलमा शाखा कार्यालय सञ्चालन गरेको बताए ।

उनीहरूले लगानीकर्तालाई पुँजीबजार सम्बन्धी उत्कृष्ट सेवा दिने प्रतिबद्धता समेत व्यक्त गरे ।

त्रिशक्ति सेक्युरिटिजले केन्द्रीय कार्यालय पुतलीसडक, शाखा कार्यालय- पोखरा, महेन्द्रनगर, हेटौंडा, ललितपुर, बनेपाबाट डिम्याट, टीएमएसलगायत शेयर कारोबार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको सञ्चालक विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्