
ओपनएआईले भारतमा आफ्नो पहिलो कार्यालय खोल्ने भएको छ । ओपनएआईका संस्थापक साम अल्टम्यानले यस वर्षको अन्त्यसम्ममा भारतमा आफ्नो पहिलो कार्यालय खोल्ने बताएको बीबीसी हिन्दीले जनाएको छ ।
'हामी यस वर्षको अन्त्यसम्ममा भारतमा हाम्रो पहिलो कार्यालय खोल्न गइरहेका छौं । म अर्को महिना त्यहाँ जान उत्सुक छु,' उनले भने, 'भारतमा एआईको अपनाउने काम अद्भुत भएको छ । गत वर्ष च्याटजीपीटी प्रयोगकर्ताहरूको संख्या चार गुणा बढेको छ र हामी भारतमा थप लगानी गर्न उत्साहित छौं ।'
समाचार एजेन्सी रोयटर्सका अनुसार, ओपनएआईले भारतमा आफ्नो कम्पनी दर्ता पूरा गरिसकेको छ । कार्यालयले भारतीय प्रयोगकर्ताहरूको आवश्यकता अनुसार स्थानीयकरणका साथ एआई उत्पादनहरू र सेवाहरू विकास गर्न मद्दत गर्नेछ।
भारत ओपनएआईको लागि दोस्रो ठूलो बजार हो र भारमा प्रयोगकर्ताहरूको संख्या निरन्तर बढिरहेको छ ।