२७ असार २०८३, शनिबार

पर्यटकीय आकर्षणको केन्द्र बागलुङको ढोरपाटन [तस्वीरहरू]

भदौ ७, २०८२
काठमाडौं
पर्यटकीय आकर्षणको केन्द्र बागलुङको ढोरपाटन [तस्वीरहरू]

यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेंला, बैजनी, गुलावी वनफूलले सजिएको छ । रंगीचंगी फूल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणसमेत गरेको छ ।

एक दशक अगाडिसम्म सुनसान प्राय रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटकहरू त्यहाँ फुलेका रंगीचंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन् । विशेषतः वर्षाको समयमा पाटनभरि फूलेका वनफूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउने गर्दछ ।

पछिल्लो समयमा सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकहरूको आगमन बढाएको छ । यस याममा मात्र दैनिक २ सयभन्दा बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन् ।

राँके फूलका रूपमा स्थानीयमाझ चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ ।

फूलसँग रमाउन आउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटहरूमा चहलपहल बढेको छ । देशका ठूला शहर, काठमाडौं, पोखरा, बुटवल लगायत विभिन्न स्थानहरूबाट पर्यटक रमाउन आउने गरेका छन् । जसका कारण ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् ।

ढोरपाटन आउने पर्यटकहरू मध्ये केही मात्र बुकीपाटन र टीकाधारा उक्लने गर्दछन् ।

ढोरपाटन उपत्यकादेखि करिब ५ देखि ६ घण्टाको पैदलयात्रा पछि बुकीपाटन र तीकाधारा पुग्न सकिन्छ । जहाँ पाटनैभरि भेडा चरिरहेको सुन्दर दृश्य देख्न सकिन्छ ।​​

तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीरहरू : क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी ।

salt training

कमेन्ट गर्नुहोस्