०८ साउन २०८३, शुक्रबार

सिटी स्क्यान गर्नुभन्दा अगाडि रगत पारदर्शी बनाउन आयोडिन प्रयोग गर्दा २२ वर्षीया वकिलको मृत्यु

भदौ ९, २०८२
काठमाडौं
सिटी स्क्यान गर्नुभन्दा अगाडि रगत पारदर्शी बनाउन आयोडिन प्रयोग गर्दा २२ वर्षीया वकिलको मृत्यु
ग्रोक एआईद्वारा निर्मित तस्वीर

ब्राजिलको सान्ता कातारीनास्थित रियो दो सुलको अल्टो भाले क्षेत्रीय अस्पतालमा साधारण ‘कन्ट्रास्ट–एन्हान्स्ड’ सिटी–स्क्यान गराउँदै गर्दा २२ वर्षीया लेटिसिया पलको मृत्यु भएको छ ।

कानुनमा स्नातक गरेकी लेटिसियाको एलर्जीजन्य गम्भीर प्रतिक्रिया (एनाफिल्याक्सिस)का कारण मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार स्क्यान शुरू हुनुअघि शारीरिक सञ्जाल र अंगहरू स्पष्ट देखिने बनाउन शिराबाट ‘आयोडिनयुक्त कन्ट्रास्ट’ प्रवाह गरिएको थियो ।

सोही आयोडिनका कारण उत्पन्न एलर्जीले उनलाई तुरुन्तै श्वासप्रश्वासमा समस्या देखियो र अचेत बन्न पुगिन् । अस्पतालले तत्काल सघन उपचारका हिस्सामा इन्क्युबेसनसमेत गरेको तर शुरूको २४ घण्टाभित्रै उनको ज्यान बचाउन नसकिएको जनाइएको छ ।

उनीलाई पटक–पटक मृगौलाको पत्थरी जस्ता समस्या रहेकाले चिकित्सक सिटी–स्क्यानमार्फत विस्तृत जाँचमा लागेका थिए ।

परिवारजनले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार स्वास्थ्य परीक्षण सामान्य प्रक्रिया नै भए पनि एलर्जीले आकस्मिक रूप लिँदा उनको मृत्यु भएको हो ।

लेटिसिया हालै कानुनमा स्नातक हासिल गरी रियल स्टेट कानुनमा स्नातकोत्तर अध्ययनतर्फ उन्मुख थिइन् । तिनको शिक्षालयले विज्ञप्तिमार्फत शोक प्रकट गर्दै परिवार र साथीहरूलाई समवेदना प्रकट गरेको छ ।

अल्टो भाले क्षेत्रीय अस्पतालले प्रक्रिया सिफारिस गरिएका क्लिनिकल प्रोटोकलअनुसारै गरिएको दाबी गरेको छ । अस्पतालले नैतिकता, पारदर्शिता र उपचार–सुरक्षाप्रतिको प्रतिबद्धता दोहोर्याउँदै घटनाबारे सरोकारवालासँग सहानुभूति व्यक्त गरेको छ ।

चिकित्सा अभ्यासमा आयोडिनयुक्त कन्ट्रास्ट व्यापक रूपमा सुरक्षित मानिन्छ । तर, दुर्लभ अवस्थामा गम्भीर एलर्जी देखिन सक्छ, जसको सम्भावना करिब ५ हजारदेखि १० हजारमध्ये एकजना सम्ममा मात्र देखिन्छ ।

सामान्यतया अधिकांश बिरामीमा तातोपन महसुस हुनु, अलिअलि वाकवाकी लाग्नु वा छालामा चिलाउनेजस्ता सामान्य लक्षण देखिएर केही समयमा हराउँछन् ।

यद्यपि, रोगको इतिहास, शरीरको संवेदनशीलता र आकस्मिक प्रतिक्रिया हुने जोखिमलाई ध्यानमा राखी अस्पतालहरूले कडाइका साथ निगरानी र आकस्मिक व्यवस्थापनको तयारी राख्नुपर्ने विशेषज्ञहरू बताउँछन् ।

 

salt training

कमेन्ट गर्नुहोस्