२५ जेठ २०८३, सोमबार

आन्दोलित उखु किसानका माग तत्काल पूरा गर्नुपर्छ- शेखर कोइराला

भदौ १०, २०८२
काठमाडौं
आन्दोलित उखु किसानका माग तत्काल पूरा गर्नुपर्छ- शेखर कोइराला
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु किसानका माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले उखुको बोटसहित किसान सडक आन्दोलनमा रहेका किसानका माग तुरुन्त पूरा गर्न आग्रह गरेका हुन् । 'उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद स्थिति हो । उनीहरूको माग तुरुन्त पूरा गरौं,' उनले लेखेका छन् ।

कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै हुन्छ ? भन्दै उनले प्रश्न गरेका छन् ।

'खेतीको बेलामा मल नपाउने, खेतमा हुनुपर्ने बेलामा किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, देशको प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गरिने, अनि हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं ?,' उनले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्