३१ असार २०८३, बुधबार

गाजाको नास्सेर अस्पतालमा इजरायलको दोहोरो आक्रमण, २० जनाको मृत्यु

भदौ १०, २०८२
काठमाडौं
गाजाको नास्सेर अस्पतालमा इजरायलको दोहोरो आक्रमण, २० जनाको मृत्यु

गाजाको दक्षिण भागस्थित नास्सेर अस्पतालमा इजरायलले गरेको दोहोरो आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । 

मृतकमध्ये पाँच जना पत्रकारसमेत रहेका छन् । मारिनेमा रोयटर्सका लागि प्रत्यक्ष प्रसारण गरिरहेका क्यामेरा–पर्सन हुशाम अल–मस्री पनि परेका छन् । उनी सोमबार बिहान अस्पतालको बाहिरी सिँढीमा बसेर युद्धको प्रत्यक्ष दृश्य देखाइरहेका बेला पहिलो आक्रमणमा मारिएका हुन् ।

पहिलो विस्फोटपछि घाइतेको उपचार गर्न मानिसहरू दौडिँदा र अन्य पत्रकारहरू घटनास्थलमा पुगेलगत्तै दोस्रो आक्रमण भएको थियो । यस क्रममा थप मानिसको ज्यान गएको छ ।

यस घटनाबारे इजरायलले दुर्भाग्यपूर्ण त्रुटि भएको दाबी गर्दै छानबिन शुरू गर्ने जनाएको छ । तर, उद्धारका लागि पुगेकाहरूमाथि पुनः आक्रमण गर्नु गम्भीर मानवअधिकार उल्लंघन भएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना बढेको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई दुर्भाग्यपूर्ण दुर्घटना भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्