१९ असार २०८३, शुक्रबार

२ लाखनजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भदौ १२, २०८२
काठमाडौं
२ लाखनजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ ।

बुधबार सुनको मूल्य तोलामा एक लाख ९९ हजार रुपैयाँमा स्थिर रहेको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ । 

आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार ३५५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

बुधबार यसको मूल्य तोलामा दुई हजार ३४५ रुपैयाँ थियो ।

salt training

कमेन्ट गर्नुहोस्