२६ असार २०८३, शुक्रबार

भेनेजुएलासँगको तनावबीच अमेरिकी नौसेना दक्षिणी क्यारिबियन पुग्यो

भदौ १३, २०८२
काठमाडौं
भेनेजुएलासँगको तनावबीच अमेरिकी नौसेना दक्षिणी क्यारिबियन पुग्यो

संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच तनाव बढ्दै गएको छ । दक्षिणी क्यारिबियन र नजिकैको पानीमा ठूलो संख्यामा अमेरिकी नौसेना पुगेका छन् । 

सात युद्धपोत र द्रुत-आक्रमण पनडुब्बी मिलेर बनेको अमेरिकी नौसेना समूह दक्षिणी क्यारिबियनमा पुगेको हो । केही जहाजहरू पहिले नै आइपुगेका छन् र अरू आगामी हप्ताहरूमा यस क्षेत्रमा पुग्ने तयारीमा रहेको स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 

जुन अमेरिकी अधिकारीहरूले लागूपदार्थ कार्टेलहरूबाट हुने खतरालाई सम्बोधन गर्ने उद्देश्यले गरिएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागूपदार्थ कार्टेलहरूमाथि कारबाही गर्नुलाई आफ्नो प्रशासनको केन्द्रीय लक्ष्य बनाएका छन्, जुन आप्रवासनलाई सीमित गर्ने र अमेरिकी दक्षिणी सीमा सुरक्षित गर्ने व्यापक प्रयासको एक हिस्सा हो ।

सात अमेरिकी युद्धपोतहरू, एक आणविक-संचालित द्रुत आक्रमण पनडुब्बीसहित त्यहाँ पुगेका हुन् । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले त्यसको निन्दा गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्