२८ जेठ २०८३, बिहीबार

‘कुमारी’को छायाङ्कन शुरू

भदौ १७, २०८२
काठमाडौं
‘कुमारी’को छायाङ्कन शुरू

दिनेश राउतको निर्देशनमा बन्ने चलचित्र ‘कुमारी’को छायाङ्कन आजदेखि शुरू भएको छ ।

आज बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिए । उनले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताए ।

उनले भने, 'केही समयको अन्तरालमा पुनः प्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु । यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ । प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।' 

उनले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै छन् ।

उनीहरूसहित चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायतको अभिनय रहनेछ ।

विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त चलचित्रको पटकथा विकास सुवेदीले लेखेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्