
साङ्ग्रिला मोटर्स प्रालिले ‘व्हील्स अफ सेलिब्रेसन’ यही भदौ १८ गतेदेखि २२ गतेसम्म उत्तरढोका शोरुममा सञ्चालन गर्दैछ ।
पाँच दिनसम्म चल्ने यस उत्सवमा गाडीप्रेमी र परिवारका लागि रोचक अनुभव, अन्तरक्रियात्मक गतिविधि तथा विशेष अफरहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सहभागी हुनेहरूले लिपमोटर, सिट्रोन र पूजोका नवीनतम् मोडेल टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन्, जसले आधुनिक प्रविधि र आरामदायी ड्राइभिङको प्रत्यक्ष अनुभव प्रदान गर्नेछ । प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहारसमेत उपलब्ध हुनेछ ।
यस कार्यक्रमलाई थप रमाइलो बनाउन रोचक खेलहरू तथा बालबालिकाका लागि छुट्टै किड्स जोन समेत राखिएको छ।
जसले यसलाई सम्पूर्ण परिवारका लागि उपयुक्त स्थल बनाउनेछ । साथै, सहभागीहरूले आफ्ना पुराना सवारीसाधन तत्कालै मूल्याङ्कन गराउन वा साटासाट गर्न सक्ने सुविधा पाउनेछन् ।
कार्यक्रममा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकलाई सोल्टी वेस्टएन्ड रिसोर्टमा नि:शुल्क १ रात २ दिनको स्टे उपहारस्वरूप दिइनेछ, जसले यो अवसरलाई अझै विशेष बनाउनेछ ।
'व्हील्स अफ सेलिब्रेसन हाम्रो ग्राहकप्रतिको आभार प्रकट गर्ने माध्यम हो । टेस्ट ड्राइभ, रमाइलो गतिविधि र विशेष अफरसहित यो कार्यक्रममा प्रत्येक आगन्तुकका लागि केही न केही विशेष हुनेछ,' साङ्ग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले भने ।
साङ्ग्रिला मोटर्स नेपालका अग्रणी अटोमोबाइल वितरकहरूमध्ये एक हो, जसले लिपमोटर, सिट्रोन र पुजो जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डहरू प्रतिनिधित्व गर्दछ ।
उत्कृष्ट ग्राहक अनुभवप्रति प्रतिबद्ध साङ्ग्रिलाले निरन्तर नवीन समाधान, गुणस्तरीय सवारीसाधन तथा भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ ।
