२१ असार २०८३, आइतबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच छुट सम्झौता

भदौ १८, २०८२
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच छुट सम्झौता

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (एएमए)बीच व्यावसायिक सम्झौता भएको छ । बैंक र एएमएबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ सम्झौता भएको हो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार, एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवामा विशेष छुट प्रदान गरिनेछ ।​

सोही सम्झौता अनुसार, एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखा personal-banking/branches मार्फत  प्रोफेसनल बचत खाता खोलि दश लाखको दुर्घटना बीमा सुविधासहित अन्य व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा र डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको बैंकले जनाएको छ ।

सम्झौताबाट नेपाल मेडिकल एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्