२३ जेठ २०८३, शनिबार

गायक सुशान्त केसी भायानेटको ब्रान्ड एम्बेस्डर नियुक्त, ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान शुरू

भदौ १८, २०८२
काठमाडौं
गायक सुशान्त केसी भायानेटको ब्रान्ड एम्बेस्डर नियुक्त, ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान शुरू

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई आफ्नो ब्रान्ड एम्बेस्डर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फर ड्रिमर्स’को शुरूआत गरेको छ ।

यस अभियानमार्फत् भायानेटले डिजिटल युगमा सपना देख्ने युवा, सिर्जनाकर्मी र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।

सुशान्त केसीको यात्रा इन्टरनेटबाटै शुरू भएको थियो । आफ्ना गीतहरू अनलाइनमै राखेर चर्चित बनेका केसी आज नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार बनेका छन् । 

भायानेटले सुशान्तकै जस्तै सपना देख्ने अन्य युवालाई साथ दिने उद्देश्यले यो अभियान ल्याएको जनाएको छ । ‘इन्टरनेट फर ड्रिमर्स’ अभियान डिजिटल स्टोरीटेलिङ, सामाजिक सञ्जालमा अन्तरक्रियात्मक कार्यक्रम र अनुभव आदानप्रदान गर्ने गतिविधिमार्फत् अगाडि बढाइनेछ ।

यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकलाई भायानेटसँगै ठूला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरि ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।

भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेको छ । केसीको सङ्गीतप्रतिको समर्पण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भरेको कम्पनीको भनाइ छ ।

भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक हो । कम्पनीले उच्च-गति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै आएको छ । 

नवीनतम प्रविधिको प्रयोग र निरन्तर सेवा सुधारमार्फत् डिजिटल नेपाल निर्माणमा भायानेटको उल्लेखनीय योगदान रहँदै आएको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्