०३ असार २०८३, बुधबार
सामाजिक सञ्जाल बन्द

फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन

भदौ १९, २०८२
काठमाडौं
फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन

नेपालमा सूचीकरण नभएका फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाल आज बिहीबारबाटै बन्द गर्न सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको बैठकले मन्त्रिपरिषद् बैठकको निर्णय र सर्वोच्च अदालतको आदेश अनुसार ती सामाजिक सञ्जाल नेपालमा निष्क्रिय पार्न प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । 

यसअघि सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत हुन अन्तिम पटकका लागि सात दिनको समय दिएको थियो । मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर दिइएको उक्त समयावधि बुधबार गुज्रिएको छ ।

तर, निर्धारित समयमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्मले सूचीकरणका लागि निवेदन नदिएपछि सरकारले निष्क्रिय पार्ने निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्