
सरकारले नेपालमा दर्ता नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि भाइबर, टीकटक, वी टकलगायतका प्लेटफर्म भने निरन्तर सञ्चालन हुने भएका छन् ।
यी सामाजिक सञ्जाल नेपालमा दर्ता भइसकेकाले उनीहरूलाई निर्बाध सञ्चालन हुन दिइने भएको हो ।
बन्द हुने सामाजिक सञ्जाल पनि दर्ता हुन आएकै दिन सुचारु हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
सरकारले पटक–पटक समय दिँदा पनि दर्ता हुन नआएपछि फेसबूक, युट्युब, एक्स, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय भएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २६ सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।