
साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९.७७ को बिन्दुमा कायम भएको हो ।
यसदिन बजारमा कूल १ करोड २७ लाख १ हजार ९७ कित्ता सेयरको खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रूपैयाँको कारोबार भएको छ ।
अघिल्लो दिन बुधबार मात्रै नेप्से १५.६४ अंकले घटेको थियो ।
आज हिमस्टर ऊर्जा कम्पनी, विन्ध्यवासिनी जलविद्युत विकास कम्पनी, माथिल्लो मैलुङखोला जलविद्युत र उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
बाराही हाइड्रोपावर, पिपुल्स पावर र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताहरू घाटामा रहेका छन् ।
बिहीबार बजार पुँजीकरण ४५ खर्ब ४६ अर्ब रूपैयाँ बढी रहेको छ ।